काठमाडौं- एनएलजी इन्सुरेन्सले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरि दिएको छ । कम्पनीले गत कात्तिक २४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस शेयर खातामा पठाइदिएको हो ।
एनएलजीको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया