काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले नायाँ बोनस दर सार्वजनिक गरेको छ । बैंकले आथिर्क वर्ष २०७५/०७६ को लागि बीमितलाई प्रदान गर्ने उक्त बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा बोनस दर निर्धारण गरेको जनाएको छ ।
इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
प्रतिक्रिया