सानिमा बैंकको डिवेन्चर नेप्सेमा सुचीकृत

आइतबार, ०९ फागुन २०७७, १३ : ३६

काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा सानिमा बैंक लिमिटेडको डिबेन्चर सुचीकृत भएको छ । 

बैंकले पुस १ गतेदेखि पुस १५ गतेसम्म एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तर्फबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो । दश वर्ष अवधि रहेको उक्त ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा बिक्री प्रबन्धक एनआईसी एशियाले पुस २१ गते मंगलबार डिबेन्चर बाँडफाँड गरी बैंक सञ्चालक समितिबाट २२ गते उक्त ऋणपत्र बाँडफाँड अनुमोदन भएको थियो ।

आइतबार, ०९ फागुन २०७७, १३ : ३६

प्रतिक्रिया