महिला लघुवित्तको आईपीओ यसै साता बाँडफाँड हुने

३ बर्ष अगाडि

गतसाता निष्कासन तथा बिक्रि खुला भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका अनुसार बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको छ । 

हाल संस्थाको आइपीओको डाटा भेरिभाईको काम भइरहेकोले भेरिभाईको काम सकिनेवित्तिकै प्रि–अलोटमेण्ट गर्ने तयारी छ । 

सो कम्पनीले गएको माघ ३० देखि फागुन ५ सम्म ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

उक्त आईपीओ खरिदका लागि १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । 

यो सर्वसाधारणको लागि माग गरिएको ३ लाख ७५ हजार कित्ता भन्दा ६२।४९ गुणा धेरै आवेदन हो । माग भन्दा ६२।४९ गुणा धेरै आवेदन परेको हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ ।  

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूको हात खाली हुनेछ । 

संस्थाले निष्कासन गरेको आईपीओमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया