सिभिल बैंकले आफ्नो १० औ साधारण सभा सम्पन्न गरेको छ ।
बैंकले हिजो भर्चुवल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । उक्त सभा मार्फत बैंकले लगानीकर्ताहरुलाई दिने भनिएको लाभांश पारित गरेको छ ।
यस अघि बैंकको संचालक समितिले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
त्यसतै, उक्त साधारण सभा मार्फत बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया