काठमाडौं - जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड ९एनएफआरएस० प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।
समितिले आइतबार निर्देशन जारी गर्दै एनएफआएस निर्देशिका २०७७ अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न निर्देशन दिएको हो ।
साथै अब जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा समितिको निर्देशन बमोजिम एनएफआरएसमा आधारित रहेर गर्नुपर्नेछ ।
समितिले यो भन्दा अघि पुनर्बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण तयार गर्न निर्देशन दिएको थियो ।
समितिले जीवन बीमा, निर्जीवन बीमा तथा पुनरर्बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै एनएफआरएस सम्बन्धी निर्देशन, २०७७ नै जारी गरेको छ ।
प्रतिक्रिया