काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ ।
बैंकले सर्वसाधारणका लागि छुट्याइएकोमा माग बमोजिम र व्यक्तिगत तवर मार्फत प्राप्त आवेदनको हकमा आंशिक रूपमा आइतबार ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले माघ १६ गते देखि फागुन २ गते सम्म ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम आजदेखि फिर्ता पाउनेछन् ।
बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेको थियो ।
प्रतिक्रिया