काठमाडौं - तारागाउँ रिजेन्सी होटल्सले साधारण सभा बोलाएको छ । तारागाउँले फागुन १४ गते सभा बोलाएको हो ।
सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । तारागाउँले गत वर्षको नाफाबाट करसहित १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिनेछ । सभा प्रयोजनका लागि यसले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गरेको छ ।
माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया