काठमाडौं - नेपाल एसबिआई बैंकले मानवसेवा आश्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको हो ।
सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ ।
हेटौडा, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गदै आएको छ ।
प्रतिक्रिया