८ वर्षको १० अर्ब बराबरको ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक

सोमबार, १० फागुन २०७७, १४ : २२

काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रि गर्ने भएको छ ।  बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ऋणपत्र बिक्री गर्न लागेको हो । 

उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त ऋणपत्रमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ । 

ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन पाइने व्यवस्था बैंकले गरेको छ । बोलपत्रमा फागुन ११ गते हुनेछ ।  साथै निष्कासन फागुन १२ गते हुने बैंकले जनाएको छ । 

निष्कासन भएपछि ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गतेसम्म भुक्तानी हुने उक्त सुचनामा उल्लेख गरिएको छ । 

सोमबार, १० फागुन २०७७, १४ : २२

प्रतिक्रिया