काठमाडौं - लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि बिच सम्झौता भएको छ । विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको हो ।
उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामा र रेमिट्यान्स प्रा।लि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।
प्रतिक्रिया