काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा. लि. बिच सम्झौता भएको छ । अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धिको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रा। लि। ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ ।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०५ बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३०५ उक्त कम्पनीको लगानी रहनेछ ।
बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्यमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।
प्रतिक्रिया