बरुण हाइड्रोपावरको नाफा साढे ६१ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं-  बरुण हाइड्रोपावर कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको.छ । विवरणअनुसार कम्पनीको यो वर्ष घटेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मम कम्पनीले ७ लाख ९३ हजार रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ६१.६२ प्रतिशत कम हो । गत आवको सोही अवधीसम्म कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधीसम्म कम्पनीको विद्युत बिक्री आय ३ करोड ५८ लाख रुपैयाँमा संकुचित भएको छ । गत आवको यसै अवधिमा ५ करोड ३९ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीको आम्दानी ३३.५३ प्रतिशतले घटेको हो ।

यस्तै समीक्षा अवधीसम्म कम्पनीले प्रशासनिक खर्चलाई १५.५२ प्रतिशतले घटाएर २३ लाख ४५ हजार गरेपछि आम्दानीको मुख्य स्रोत विद्युत बिक्री आय घटेसँगै नाफा प्रभावित बनेको हो । 

यसैगरी कम्पनीको जगेडा कोषमा ३ करोड २७ लाख रुपैयाँ १ करोड १५ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६..५६ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १०४. ३३ रुपैयाँ रहेको कम्पनजीको मूल्य आम्दानी अनुपात ३०.३४ गुणा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया