काठमाडौंका सडकमा एकाएक हतियार सहित देखिए सुरक्षाकर्मी ,सर्वोच्चको फैसला आजै आउने सम्भावना

३ बर्ष अगाडि

काठमाडौं-  प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले फैसला आजै सुनाउने सम्भाबना रहेको  छ । 

यसैलाई मध्यनजर गर्दै प्रहरीले सर्वोच्चको फैसलाबाट उत्पन्न हुन सक्ने तनावका लागि माईतघर,बानेश्वर,रामशाह पथ र बिजुलीबजार लगायतका क्षेत्रमा हतियार सहित सयौं सुरक्षाकर्मी उतारेको छ ।  

माईतघर क्षेत्र वरिपरि पानीका फोहोरा सहितका ट्याङकर र अन्य प्रहरी गाडी सहित सयौं सुरक्षाकर्मी रहेका छन् ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा जोखिम आँकलन गरेर सुरक्षाकर्मीको संख्या बढाएको हो । 

मंगलबार बिहानैदेखि काठमाडौंका सडक र सार्वजनिक स्थानमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ।

सर्वोच्च अदालत अगाडि अहिले सयौं मानिसको बाक्लो उपस्थित रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया