अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने !

३ बर्ष अगाडि

अमेरिकाको बाइडन प्रशासनले रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरेको छ ।अमेरिकाले रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई कारागारमा राखेकोमा रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरेको हो । 
 
अमेरिकाले युरोपेली साझेदारहरूसँग मिलेर आगामी केही हप्तामा रुसविरुद्ध प्रतिबन्धको खाका तयार पारिरहेको पोलिटिको पत्रिकाले जनाएको छ  । 

राष्ट्रपति जो बाइडनले रुसलाई मानवअधिकार दुर्व्यवहारका सन्दर्भमा जवाफदेही बनाउन प्रतिबन्धको घोषणा गर्न लागेका हुन् । कस्ता किसिमका प्रतिबन्ध लगाउने भन्ने स्पष्ट छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया