लक्ष्मी बैंकको शाखा महोत्तरीको सरपल्लोमा सञ्चालन

बुधबार, १२ फागुन २०७७, १० : ५०

काठमाडौं, लक्ष्मी बैंकले आफ्नो १२७ औँ शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

बुधबार, १२ फागुन २०७७, १० : ५०

प्रतिक्रिया