काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांशको घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६.७७ बाट शेयरधनीलाई लभाँश वितरण गर्ने घोषणा गरेको हो ।
फागुन ११ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत गरी जम्मा ९.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया