गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

बुधबार, १२ फागुन २०७७, १७ : १७

काठमाडौं-  गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ । 

गणपति लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन १४ गते देखि २८ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २८ गते ह्वाट हाउस पार्टी प्यालेस तनहुँमा साधारण सभा बोलाएको छ ।  

बुधबार, १२ फागुन २०७७, १७ : १७

प्रतिक्रिया