काठमाडौं- नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ ।
फाइनान्सले फागुन १४ गते देखि चैत ५ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ । सभा क्रिक रिर्सोट धादिङवेशी धादिङमा हुने भएको छ ।
प्रतिक्रिया