उदयपुरको बेलकास्थित मुर्तिखोलामा गोही भेटियो

५ बर्ष अगाडि

उदयपुर –उदयपुरमा ढोडियाल गोही भेटिएको छ । बेलका नगरपालिका वडा नम्बर ३ मा रहेको मुर्ति खोलामा उक्त गोही भेटिएको हो ।

५ फिट ३ इन्च लम्बाई रहेको गोही दुई फिट मोटाईको छ । स्थानीयहरुले माछा मार्ने क्रममा गोही फेला पारेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए । गोही भेटिएको सूचना प्राप्त हुने वित्तिकै प्रहरीले उद्दार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नविन सिंहले बताए । 

‘हामीलाई खोलामा गोही भेटिएको खबर आयो र प्रहरीले खोलाबाट सुरक्षित स्थानमा ल्याएर इलाका वन कार्यालय लालबजारलाई जिम्मा लगायौ’ प्रहरी निरिक्षक सिंहले भने ‘वन्य जन्तु संरक्षण गर्ने कार्य वन कार्यालयको भएकाले डिभिजन वनकार्यालयलाई जिम्मा दिएका हौ ।’ 

गोहीको घाँटीमा चोट लागेकाले तत्काल उपचार गर्नुपर्ने प्रहरी निरिक्षक सिंहले जानकारी दिए । घाईते गोही कोशी नदी हुदै मुर्ती खोला सम्म आईपुगेको हुनसक्ने वन कार्यालयको अनुमान छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया