काठमाडौं- कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ ।
कम्पनीले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो ।
कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने रू. १ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।
रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले बुधवार बाँडफाँट गरेको हो ।
१० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट विक्री गरेको हो । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागि नै निष्कासन गरिएको कम्पनीले बताएको छ ।
ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया