अरियण्टल इन्स्योरेन्सको नाफा साढे ९७ प्रतिशतले घट्यो, अन्य परिसुचक कस्तो ?

विहीबार, १३ फागुन २०७७, ११ : २७

काठमाडौं-  अरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सर्वाजनिक गरेको छ । 

विवरण अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड २९ लाख रुपैयाँ अर्थात ९७.५३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले २९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७१ लख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सको जगेडा तथा कोष ४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । 

पुस मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार १ दाबी बापत ३१ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले १ हजार ९ सय ६ बीमा दाबीबापत १ अर्ब ५ करोड ३८ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।

यस्तै, इन्स्योरेन्सको दीर्घकालीन लगानी तथा कर्जा ६९ करोड १५ लाख रुपैंया बराबर रहेको छ भने अल्पकालीन लगानी तथा कर्जा १ अर्ब ५२ करोड  ४६ लाख रुपैंया रहेको छ । 

विहीबार, १३ फागुन २०७७, ११ : २७

प्रतिक्रिया