नेपाल राष्ट्र बैंकले ७ वटै प्रदेशमा सहकारी बैंक प्रदेश शाखा खोल्न अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सात प्रदेशका लागि प्रदेशमा राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले प्रदेश नं। १ को बिराटनगर, प्रदेश नं। २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि स्वीकृति दिएको हो।
राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्। बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले २ अर्ब ८५ करोड शेयर रकम छ। ५८ अर्ब निक्षेप संकलन गरी ३० अर्ब कर्जा लगानी गरेको छ।
प्रतिक्रिया