चार सहकारीले गरे एकीकरण

विहीबार, १३ फागुन २०७७, १६ : ०९

काठमाडौं - चीतवमा चार सहकारीको एकीकरण एकीकरण भएको छ । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो । 

एकीकरणपछि हाम्रो चित्रवनको भरतपुर महानगर र रत्ननगर नगरपालिका कार्यक्षेत्र भएको छ । यसैगरी इच्छाकामना गाउँपालिका–७ समेत कार्यक्षेत्रमा परेको छ । 
 
चार  सहकारी एकीकरण भएसँगै यसको सदस्य सङ्ख्या १० हजार ४४ पुगेको छ । सदस्य दिनहुँ बढ्ने भन्दै सहकारीले माघ मसान्तमा दिपज्योतिको तीन हजार ५६८, चित्रवनको पाँच हजार १५३, हाम्रो माइतीको ८१३ र मोडलको ५११ रहेको जानकारी दिएको छ । 
 
चार सहकारी एकीकरणपछि शेयर पूँजी रु १२ करोड, कूल पूँजी रु एक अर्ब २४ करोड पुगेको छ । एकीकरणपछि दिपज्योतिका पूर्व अध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय लेखासमिति बनेको छ । 

जिल्लामा ७५० हाराहारी बचत सहकारी रहेका छन् । महानगर अन्तर्गत ३४९ छन् । तीमध्ये ३३ वटा सहकारीको कार्यक्षेत्र एक भन्दा बढी पालिकामा रहेको छ । 

पछिल्लो समय सहकारी एकीकरण हुने क्रम बढ्दै गएको छ ।

विहीबार, १३ फागुन २०७७, १६ : ०९

प्रतिक्रिया