काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रहेको उक्त गुरुकुलमलाई सहयोग गरेको हो ।
बैंकले गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ ।
गुरुकुलममा हाल ६० जना बालिका रहेका छन् । उनीहरूलाई संस्कृत पढाइँदै आएको छ ।
प्रतिक्रिया