उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच समझदारी

विहीबार, १३ फागुन २०७७, १७ : ४२

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघ बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

लघु, घरेलु, साना तथा मझौला उद्यमहरू(एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्ने छ ।  

साथै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य पनि गर्नेछ ।

यस्तै एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गरी उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गर्ने छ ।  

विहीबार, १३ फागुन २०७७, १७ : ४२

प्रतिक्रिया