काठमाडौं - आजबाट कुमारी क्यापिटल लिमिटेडले 'कुमारी इक्विटी फन्ड' नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको छ ।
उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आज ९फागुन १४ गते, शुक्रबार० देखि फागुन १८ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ ।
यस अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया