काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।
आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोलपत्र आज खोलिने भएको हो ।
कम्पनीले माघ ८ गतेदेखि १२ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
कम्पनीले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, महुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३ तोकेको थियो ।
यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । अपरान्ह ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जनाएको छ ।
प्रतिक्रिया