६ महिनामा बीमा कम्पनीका कर्मचारीलाई ५९ करोड १५ लाख बढि बोनस

शुक्रबार, १४ फागुन २०७७, ११ : १४

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा बीमा कम्पनीहरुले कर्मचारीहरुलाई ५९ करोड १५ लाख बढि बोनस छुट्टाएका छन् ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पुस महिनासम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका ३८ बीमा कम्पनीले बोनस ऐन अनुसार कर्मचारीहरुलाई ५९ करोड १५ लाख ६० हजार रुपैयाँ बोनस  छुट्टाएका हुन् । 

जसमध्ये जीवन बीमा कम्पनीका कर्मचारीलाई २८ करोड ६ लाख र निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले ३१ करोड ९ लाख रुपैयाँ बोनस पाएका हुन् ।

बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनस खुद नाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरुले बोनस वितरण गर्ने गरेका हुन् ।

शुक्रबार, १४ फागुन २०७७, ११ : १४

प्रतिक्रिया