काठमाडौं- युनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म १ करोड ६३ लाख ३९ हजार
रुपैंया बराबरको नाफा कमाएको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको नाफा ४६ प्रतिशतले कमा हो । गत आवको सोही अवधीसम्म कम्पनीले ३ करोड २ लाख ८० हजार
रुपैंया बराबरको खुद नाफा कमाएको थियो ।
हालसम्म विद्युत् उत्पादन शुरु नगरेको उक्त कम्पनीले अन्य शिर्षकमा यस वर्ष २ करोड ४२ लाख ९७ हजार रुपैंया बराबरको आम्दानी गरेको छ । यो वर्षको सोही अवधीसम्म कम्पनीको आम्दानी ४ करोड ५० लाख २४ हजार रुपैंया बराबर रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैंया बराबर रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चित नाफा अर्थात् जगेडा कोष रकम ११ करोड ७८ लाख ५२ हजार रुपैंया बराबर रहेको छ । गत वर्ष यस अवधिसम्म यो रकम ७ करोड ४७ लाख ३२ हजार रुपैंया बराबर रहेको थियो ।
कम्पनीले दिर्घकालका लागि बैंकबाट लिएको ऋण रकम यस अवधिसम्म १ अर्ब २९ करोड ८५ लाख ९८ हजार रुपैंया बराबर रहेको छ । गत वर्षभन्दा यस वर्ष ऋण रकम १३ दशमलव ८६ प्रतिशत बढी रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले दिर्घकालको लागि १ अर्ब १४ करोड ४ लाख ७९ हजार कर्जा लिएको थियो । दोस्रो त्रैमाससम्म वार्षिक प्रतिशेयर आम्दानी रु. १.५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०५.६१ रहेको छ ।
प्रतिक्रिया