रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी माथि आक्रमणको निशाना बनाईएको छ । भारतिय संञ्चारमाध्यमका अनुसार एन्टिलिया बाहिर बिहिबार संदिग्ध कारमा विस्फोटक बस्तु भेटिएपछि अम्बानी माथि निशानाको आशंका गरीएको छ।
एन्टिलिया बाहिर जुन संदिग्ध कार भेटिएको छ, त्यसमा एउटा चिठ्ठी पनि भेटिएको छ । जुन ब्यागमा चिठ्ठी भेटिएको छ, त्यसमा मुम्बई इन्डियन्स लेखिएको छ । पत्रमा लेखिएको छ, ‘मुकेश दाइ, निता भाउजु, यो त ट्रेलर मात्रै थियो, पूरा बन्दोबस्त मिलिसक्यो । परिवारलाई उडाउने बन्दोबस्त भइसक्यो । सम्हालिएर बस्नुहोस् । शुभरात्री ।’
घटनापछि मुम्बई प्रहरीले मुकेश अम्बानीको घर आसपासको सुरक्षा कडा गरेको छ । मुकेश अम्बानीसँग पहिले देखि नै जेडप्लस सुरक्षा छ । उनको सुरक्षको जिम्मेवारी सेन्ट्रल रिजर्भ पुलिस फोर्सलाई सुम्पिएको छ । यसबाहेक मुकेश अम्बानीकी श्रीमती निता अम्बानीलाई वाई श्रेणीको सुरक्षा प्रदान गरिएको छ ।
प्रतिक्रिया