राष्ट्र उत्थान लघुवित्तको साधारण सभा चैत ८ गते हुदैंँ

शुक्रबार, १४ फागुन २०७७, १३ : ०९

काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा चैत ८ गते हुने भएको छ ।  सभा कम्पनीको केन्द्रिय कार्यालय साँगा बनेपा न.पा. १३ काभ्रेपलाञ्चोकमा अपारान्ह २ बजे गर्ने भएको छ । 

सभाले ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै , सभाले प्रस्तावमा आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

शुक्रबार, १४ फागुन २०७७, १३ : ०९

प्रतिक्रिया