काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) स्थापना भएको ३५ बर्ष पुरा भएको छ । बैंकले आजबाट आफ्नो स्थापनाको ३५औं बर्ष पुरा गरि ३६औं बर्षमा प्रवेश गरेको हो ।
बैंकले ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधार तयार पारेको छ । त्यस्तै बैंकले देशभरमा ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
संगठित क्षेत्र ९कर्पोरेट०, साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाख बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
प्रतिक्रिया