अब महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट मार्फत

आइतबार, १६ फागुन २०७७, ०९ : १४

काठमाडौं - अब महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत हुने भएको छ । 

यो सँगै कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबिआई मर्चेन्टले गर्ने महिला लघुवित्तले जनाएको छ । 

महिला लघुवित्तले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो । यसको सेयर नेप्सेमा सूचीकृत हुन भने बाँकी रहेको छ । 
 

आइतबार, १६ फागुन २०७७, ०९ : १४

प्रतिक्रिया