काठमाडौं - राष्ट्र उत्थान लघुवित्तले एफपीओ निष्कासन गर्न साधारण सभा बोलाएको छ । साभा चैत ८ गते कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा बोलाइएको हो ।
हाल कायम जारी पुँजीको ३२.६९५ ले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।
साथै सभामा अन्य कुनै कम्पनीहरूसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिने छ ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा समेत पेश हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया