प्रभु क्यापिटलको नयाँ डिम्याट योजना : ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’

आइतबार, १६ फागुन २०७७, १३ : ३०

काठमाडौं - प्रभु क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ नामक नयाँ डिम्याट खाता योजना सार्वजनिक गरेको हो । 

क्यापिटलका अनुसार यस योजनामा सहभागिता जनाउने ग्राहकले एकमुष्ट ९९९ रुपैयाँ तिर्नुपर्नेछ । योजना अन्तर्गत ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने छन् भने डिम्याट खाताको नवीकरण शुल्क ९ वर्षसम्म तिर्नु नपर्ने जनाएको छ ।

यो योजना अन्तर्गत खुला भएको डिम्याट खाता ८ वषसम्म आफैँ नवीकरण हुने र लगानी व्यवस्थापन (पीएमएस) सेवामा ५० प्रतिशत छुट दिइने क्यापिटलले जनाएको छ ।

आइतबार, १६ फागुन २०७७, १३ : ३०

प्रतिक्रिया