कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

फागुन १७, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । 

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।  

क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८