काठमाडौं- कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद फागुन २८ गतेसम्म थप गरेको छ।
मागभन्दा बढी इकाईका लागि आवेदन परेमा सो मितिभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएको छ।
कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया