स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
संस्थाले अम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे लाई सभा बोलाएका छ ।
सभामा संस्थाले प्रस्तावित २० दशमलव ००५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले १९ दशमलव ००५७ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल २० दशमलव ००५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया