वोमी र ग्रामीण स्वयंसेवकको एकीकृत कारोबार चैत्र ३ बाट सुरु

३ बर्ष अगाडि

काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एक आपसमा मर्ज भएका उक्त संस्थाहरुले चैत्र ३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो । मर्जर सम्पन्न भएसँगै अब “वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड“ को नामबाट एकीकृत कारोबार हुने भएको हो ।

दुवै कम्पनीको गत पौष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया