स्वाबलम्बन लघुवित्तको साधारण सभा चैत ११ मा,  लाभांश प्रस्ताव कति ?

बुधबार, १९ फागुन २०७७, ०९ : ३२

काठमाडौं- स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ । सभा अम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

लद्युवित्तले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।

लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार फागुन २६ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।

बुधबार, १९ फागुन २०७७, ०९ : ३२

प्रतिक्रिया