ज्योति लाइफको आईपीओ निष्कासन मिति परिवर्तन, कहिले ?

बुधबार, १९ फागुन २०७७, ०९ : ५९

 काठमाडौं - ज्योति लाई इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने मिति परिवर्तन गरेको छ । 

यसअघि आउँदो आइतबार आईपीओ निष्कासनको तयारी गरेको कम्पनीले मिति परिवर्तन गरी शुक्रबारदेखि नै आईपीयो निष्कासन गर्ने भएको हो ।

सिडिएससीले दिएको सुझावअनुसार आईपीओ निष्कासनको मिति परिवर्तन गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३० लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
 
कम्पनीको लाईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

बुधबार, १९ फागुन २०७७, ०९ : ५९

प्रतिक्रिया