काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश संसोधनको गर्ने भएको छ । संस्थाले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।
यसअघि संस्थाले हाल कायम चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७९४ प्रतिशत नगद लाभांश गरी कुल ९.५९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
तर यसको संशोधन गरी अब संस्थाले चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया