काठमाडौं - मल्टीपर्पस फाइनान्स कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको सेयर लिलाम गर्न लागेको हो ।
कम्पनीले १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम गर्न लागेको छ । उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले आवेदन दिन सकिने छ ।
आवेदन फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म दिन सकिने छ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ ।
आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ।
प्रतिक्रिया