ग्रामीण विकास लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

बुधबार, १९ फागुन २०७७, १६ : १३

काठमाडौं - एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले लघुवित्तकोे २५ हजार २०० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । 

ग्रामीण विकास लघुवित्तको शेयर मुल्य प्रतिकित्ता  रू.४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले  भाग जाने गरी सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले फागुन ६ गतेदेखि  शेयर लिलामीमा विक्री खुला गरेको थियो। 
 

बुधबार, १९ फागुन २०७७, १६ : १३

प्रतिक्रिया