महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते,  बोनस प्रस्ताव कति ?

बुधबार, १९ फागुन २०७७, १६ : ३१

काठमाडौं- महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा चैत १८ गते बस्ने भएको छ । 

सभा सभा मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजे हुने भएको छ ।  फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सभाले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत १ गते एक दिन बन्द गर्ने पनि कम्पनीले बताएको छ ।
 

बुधबार, १९ फागुन २०७७, १६ : ३१

प्रतिक्रिया