निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड बजेट निकासा

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले   निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि बजेट निकासा गरेको छ ।  अर्थ मन्त्रालयले  ११३ वटा स्थानीय तहमा १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ अनुदानका रुपमा निकासा स्वीकृत गरेको हो ।


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा  निर्माणाधिन वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको भवनहरुको दायित्व भुक्तानीका लागि रकम निकासा गर्न स्वीकृत प्रदान गरेका हुन् ।

 स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु बनिरहेका छन् । 

चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएकोमध्ये २ अर्ब ६९ करोड २८ लाख ५८ हजार रुपैयाँ यसअघि नै निकासा भइसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया