काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढाएको छ ।
राष्ट्र बैंकले भुक्तानीको सीमा बढाएसंगै अब मोबाइल बैंकिङबाट दैनिक दुई लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिने भएको छ ।
यस्तै, इन्टरनेट बैंकिङबाट पनि दैनिक २० लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिने छ ।
यो भन्दा अघि मोबाइल बैंकिङबाट दैनिक १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट दैनिक १० लाख रुपैयाँ सम्म कारोबार गर्न सकिन्थ्यो ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतको शुल्क भुक्तानी गर्दा यो सीमा लागु हुने छैन ।
साथै, दूरसञ्चार,विद्युत, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ता, शिक्षण संस्था, स्वास्थ्य संस्था हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा कारोबार गर्दा पनि यो सीमा लागु हुने छैन् ।
धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया