आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

बुधबार, १९ फागुन २०७७, १७ : ०६

काठमाडौं- एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन रहेको छ । 

कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू.४९८ रहेको छ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले  भाग जाने गरी सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले फागुन ६ गतेदेखि कम्पनीको उक्त शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

बुधबार, १९ फागुन २०७७, १७ : ०६

प्रतिक्रिया