नौथरशेरा–ताँजे सडकखण्डमा कालोपत्र शुरु

३ बर्ष अगाडि

लमजुङको दोर्दी गाउँपालिकास्थित  नौथरशेरा–ताँजे सडक आजदेखि कालोपत्र शुरु गरिएको छ । रु एक करोडको लागतमा यस सडकखण्डअन्तर्गत ५५० मिटर सडक कालोपत्र गर्न लागिएको गाउँपालिका अध्यक्ष ओमलाल गुरुङले बताए । 

 निर्माणाधीन अवस्थामा रहेको यस सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा रहेकाले कालोपत्र गर्नका लागि गाउँपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्दै फागुन १९ गतेदेखि चैत ९ गतेसम्म २० दिन उक्त सडकखण्ड बन्द रहने जनाएको थियो । सो गाउँपालिकाको निर्णयानुसार नै सो मितिसम्मका लागि यस सडकखण्डमा यातयात सञ्चालन बन्द गर्दै कालोपत्र शुरु गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । विष्णुराधा विल्डर्सले सडक निर्माणको काम गर्दै आएको छ ।  

यस निर्माण कम्पनीले विसं २०७७ जेठ २८ गते निर्माण सम्झौता गरेर निर्माण कार्य थालिएको उक्त सडकखण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । सडक कालोपत्रका लागि आवश्यक निर्माण सामग्री आइसकेको निर्माण कम्पनीले जनाएको छ । सो सडक कालोपत्रका लागि यस गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको छ । 

यस सडकमा बर्खायाममा हिलाम्मे तथा गर्मीयाममा धुलाम्मे हुने गर्दा विभिन्न समस्या झेल्दै आइरहेको थियो । कालोपत्र सम्पन्न भएपछि यहाँका स्थानीयवासीदेखि सवारी चालक तथा यात्रुका लागिसमेत सहज हुने भएको छ

३ बर्ष अगाडि

प्रतिक्रिया